२ हाइड्रोको लागि २५.९२ अर्ब लगानी स्वीकृत, ९०० मेगावाटको माथिल्लो कर्णालीलाई म्याद थपको सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 08:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकासको लागि लगानी स्वीकृति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न रु २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको हो ।

लगानी स्वीकृति हुनेमा रु १६ अर्ब ४५ करोड ९८ लाख लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र रु ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन् ।

बैठकले पश्चिम सेती र सेती नदी-६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने साथै NHPC Limited , Government of India Enterprise ले उक्त परियोजना वार्ता द्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

त्यस्तै बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी GMR- Upper Karnali Hydropower Company Ltd ले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

त्यसैगरी बैठकले Vehicle Manufacturing and Assembly Plant परियोजनाको विकासका लागि प्रस्तावक Motrex Co. Ltd. संग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिएका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved