सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड गर्नेलाई कारवाही गर्न इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 09:20:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले रसुवा जिल्लामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको कार्यालयमा तोडफोड भएकोमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ । इप्पानले तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण  गराएको छ।     

आयोजनासँग आफ्ना केही मागहरु भए शान्तिपूर्ण तथा शिष्टतापूर्बक राख्न र आपसी बार्ता एवम् छलफलबाट समाधान गर्न सकिने परिस्थितिलाई नजरअन्दाज गरेर त्यसरी बलजफ्ती गरिनु कुनै हिसाबले सैह्य नहुने इप्पानले जनाएको छ। यस्ता गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुने र समग्रमा क्षेत्र निरुत्साहित बन्ने उल्लेख गरेको छ। इप्पानले परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न र पुनः हुन नदिई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ। 

रसुवा जिल्लामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलबिद्युत कम्पनीको आयोजना हेर्ने रसुवास्थित साइट कार्यालयमा साउन २९ गते आइतबार७०–८० जनाको समूहले तोडफोड र आगजनी गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved