हिमताल हाइड्रोले पायो माथिल्लो मर्स्याङ्दी-२ को सर्भे लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 03:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ (UM-2) जलविद्युत परियोजनाको सर्बेक्षण लाईसेन्स हिमताल हाइड्रोपावर कम्पनीलाई दिएको छ। बोर्डको संचालक समितिको बैठकको निर्णय बमोजिम बोर्डले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ (UM-2) जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनीलाई सर्बेक्षण अनुमति प्रदान गरेको हो। 

सर्भे लाईसेन्स प्रदान गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समय मै कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । 

यस योजनाको अनुमानित लागत ७७ अर्ब ६५ करोड रुपैयाँ (६४७.१६ मिलियन अमेरिकी डलर) रहेको छ । मनाङ र लमजुङ जिल्लामा पर्ने  यो आयोजनाको  निर्माण, सञ्चालन तथा हस्तान्तरण गर्नका लागि हिमताल हाइड्रोवावर प्रालिले प्रस्ताव पेश गरेको हो। हिमताल हाइड्रोमा चिनियाँ कम्पनीहरु सिचुआन प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एससिआइजी), चेङ्दु सिङचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ लिमिटेड (क्युवाइइसी) र नेपालका बुटवल पावर कम्पनी (बिपिसी) को संयुक्त लगानी रहेको छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved