तामाकोसी–५ बनाउन १३ अर्ब ७४ करोड ऋण सम्झौता, अपुग हुने ७ अर्ब ४० करोड इक्विटीबाट जुटाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 09:42:29 AM मा प्रकाशित

laxmi  sunrise bank

तामाकोशी–५ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । दोलखाको बिगु गाउँपालिकामा बन्ने ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत आयोजनाको लगानी जुटेको हो । 

निर्माण सम्पन्न हुँदा सम्मको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान रहेको यो आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने पक्का भएको छ । 

यो आयोजना ‘जनताको जलविद्युत कार्यक्रम’मा समावेश छ । आयोजनाका लागि बाँकी रकम सर्वसाधारणमा सेयर जारी गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनाको कुल लागतमध्ये ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटीबाट वित्तीय व्यवस्थापन गरिने भएको हो । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरेका छन् ।

तामाकोसी–५ जलविद्युत आयोजना ४५६ मेगावाटको माथिल्लतो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको ‘क्यास्केड प्रोजेक्ट’ हो । यसकारण तामाकोसी–५ बनाउँदा छुट्टै बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) बनाउनु पर्दैन । 

सँगै, अपर तामाकोसीको विद्युत गृहबाट निस्किएको पानीलाई आयोजनाको सुरुङमा खसाल्न संरचनाको निर्माण भइसकेको छ । 

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ । आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । अपर तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि विद्युत उत्पादन बढेर ५४ करोड ३५ लाख युनिट पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved