प्रधानमन्त्रीसँगै ऊर्जा उद्यमीहरु पनि भारत भ्रमणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 06:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को आजदेखि शुरु भएको भारत भ्रमणमा ऊर्जा उद्यमीहरुले सहभागी जनाएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा ऊर्जा उद्यमीको टोली भारत गएको हो ।

टोलीमा इप्पानका सचिव राम प्रसाद आचार्य, कोषाध्यक्ष आनन्द चौधरी, सदस्य उत्तम भ्लोन, निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं, सल्लाहकार सुसन कर्माचार्य तथा उर्जा उधमी बटु लामिछाने सहभागी छन् । 

भ्रमणको क्रममा क्षेत्रिय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यान्वयनबारे छलफल र अन्तरक्रिया हुने इप्पानले जनाएको छ। इप्पानका अनुसार भ्रमणको क्रममा सो प्रतिनिधि मण्डलले भारतको माननीय केंद्रीय मंत्री (विद्युत, नवीन एवं नवीकरणीय ऊर्जा), माननीय विद्युत राज्यमंत्री, लगायत उर्जा क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरु जस्तै सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटी रेगुलेसन कमिशन,  पीटीसी इण्डिया लिमिटेड, एनटिपीसी विद्युत ब्यापार निगम, एनएचपीसी, मनिकरण पावर लिमिटेड, इण्डियन इनर्जी एक्सचेन्ज, पावर एक्सचेन्ज इण्डिया, इन्डीपेन्डेन्ट पावर प्रोड्युसर्स अफ इण्डिया,  कन्फीडरेसन् अफ इण्डियन इण्डस्ट्रिजसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

उक्त भेटघाटहरुमा इप्पानले नेपालको ऊर्जाको सम्भाव्यता, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको हालको अवस्था र भविष्यमा यसको भूमिका बारे जानकारी गराउने बताएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved