बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति, सुपर हेवा खोलामा कार्यरत १८ कामदार बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 05:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

असाढ १ र २ गते आएको बाढीले कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार निर्माणाधिन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ ओटा जलविद्युत आयोजनामा खर्वौको क्षति पुर्याएको छ ।

इप्पानका अनुसार बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेको इप्पानले जनाएको छ।

त्यसैगरि ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इगुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी-१ २५ मेगावाट, काबेली बी-१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ ।

जलविद्युत आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशिघ्र राहत उद्धार तथा वेपत्ताहरूको खोजी कार्यका लागि इप्पानले स्थानीय प्रसाशन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गरेको छ। मनसुन सुरु भएको २ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्याएकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न, उच्च सतर्कतामा रहन र सबै कभरेज हुने गरि बीमा गर्न जलविद्युत प्रवर्द्धकहरूमा इप्पानले आग्रह गरेको छ।

इप्पानले बाढीमा परि घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक मजदूर तथा कर्मचारीप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved