पाँचथर पावरको विद्युत उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 03:18:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनीको जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । हेवाखोलामा आएको बाढीको कारण कम्पनीले संचालन गरिरहेको १४.९ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको हो ।

कम्पनीका अनुसार आयोजनामा जडित दुबै मेशिन असार २ गते राति यको बाढीले डुबाएको छ।  हेवा खोलामा अत्याधिक पानीको बहाव बढी आयोजनाको सिभिल संरचनाहरु हेडवर्कस, एक्सेस रोड, स्विचयार्ड तथा पावरहाउस समेत डुवानमा परि क्षति हुन गएकोले कम्पनीले जनाएको छ।

हेवाखोलामा आएको बाढीले ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ ।  बाढी आई ईन्टेक लगायतका संरचनाहरुमा क्षति पुगेपछि अपर हेवाखोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पनि बन्द भएको अपर हेवाखोला हाइड्रोले जनाएको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved