बरुण हाइड्रोले बनाएको आयोजनाको विद्युत उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 05:07:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हेवाखोला साना जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढीले आयोजनामा क्षति पुर्याएपछि बिजुली उत्पादन बन्द भएको हो। 

४.५ मेगावाट क्षमताको यो आयोजना बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको हो । कम्पनीका अनुसार असार २ गते शनिबार राती आएको बाढीले आयोजनाको इन्टेक तथा पावरहाउसमा पुर्णरुपमा क्षति पुर्याएकोले विद्युत उत्पादन बन्द भएको हो  ।

हेवाखोलामा आएको बाढीले क्षति पुर्याउदा पाँचथर पावर कम्पनीले निर्माण गरेको  १४.९ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत आयोजना र अपर हेवाखोला हाइड्रोले बनाएको  ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पनि बन्द भएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved