विद्युत प्राधिकरणले बीमा नगर्दा निजी हाइड्रोमाथि आर्थिक भार, बीमा कम्पनीले गुमाए अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 05:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका कुनै पनि जलविद्युत आयोजनाको बीमा नभएको खुलेको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी 'एवान इन्स्योरेन्स ब्रोकर्स' को आयोजनामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा यसबारे खुलासा भएको हो ।

'जलविद्युत बीमा 'नीति र दृष्टिकोण ' सत्रमा प्रस्तुति दिने क्रम एवान कम्पनीका डेपुटी सीइओ नरेश श्रेष्ठले प्राधिकरणका आयोजनाको बीमा नभएको बताएका हुन् ।  विद्युत प्राधिकरणले आफ्ना आयोजनाको बीमा नगरिदिएको कारणले बीमा कम्पनीलेवार्षिक १ अर्ब प्रिमियम गुमाईरहेको उनले बताए ।  

त्यस्तै इप्पानका उप महसचिव प्रकाश दुलालले सरकारले आफ्ना आयोजनाको बीमा नगरिदिएको कारण निजी क्षेत्रका हाइड्रोपावरको प्रिमियम शुल्क बढेको बताए । इप्पान अध्यक्ष गणेश कार्कीले पनि प्राधिकरणले आफ्ना आयोजनाको बीमा गर्नु पर्ने बताउदै अहिलेको व्यवस्थाले बीमा कम्पनी मोटाउने र निजी क्षेत्रका हाइड्रो पावर नोक्सानीमा जाने अवस्था रहेको बताए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved