लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला वान हाइड्रोमा रणनीतिक लगानीे गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 11:01:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको  लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन हुने फण्डले जनाएको छ।

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन्। 

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत  प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड एलएस (लक्ष्मी सनराइज) क्यापिटको पहिलो प्राइभेट  इक्विटी कोष हो। कोषको आकार रु १ अर्व रहेको छ । बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले कोष सुरु गरिएको क्यापिटलले जनाएको छ । एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट  इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी  लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved