विद्युत विकास विभागले हाइड्रोहरुसँग माग्यो खण्डीकृत तथ्याङ्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 07:03:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत विकास विभागले एक मेगावाट भन्दा माथिका जलविद्युत आयोजनासँग उनीहरुको खण्डीकृत तथ्याङ्क माग गरेको छ। विभागले एक मेगावाट भन्दा माथिका जलविद्युतसंग सम्वन्धित खण्डीकृत तथ्याङ्क (Disaggregated Data) माग गरेको हो।

विभागले आयोजनाको नाम, क्षमता र आयोजनाका संरचनाहरु रहेको स्थानीय तहको वडा समेत खुल्ने गरी ७ दिन भित्र पठाउन आग्रह गरेको हो। विभागले ढाँचा समेत दिएर सो विवरणहरुको सफ्टकपि [email protected] मा समेत उपलब्ध गराउन भनेको छ।

रोयल्टी बाँडफाटँको हिस्सा निर्धारण गर्न यी विवरण माग गरिएको विभागले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved