चर्चित गायक कर्ण दासको स्वरमा सुरजको 'तिम्रो मन' बजारमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 21, 2018 | 01:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित गायक कर्ण दासको स्वरमा 'तिम्रो मन' बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत सुरज विश्वकर्माको रहेको छ भने मार्कस दासले गीतको एरेन्ज गरेका छन। 

कर्ण दासको सुरीलो आवाज रहेको यस गीतमा माधुरी उपाध्यायको फ़ोटो मोडलीङ रहेको छ। यस गीतले आधुनिक गितका पारखीहरुको मन जीत्नेमा रचनाकार सुरज बिश्वस्त भएको जानकारी गराए।

प्रियसीले धोका दीए पनी उनको बैवाहीक जीवनको सफलताको कामना गरिएको भाव गीतमा सुन्न सकिन्छ । विदेसमा भए पनी नेपाली गित संगीतको क्षेत्रमा केही योगदान दीने हेतुले गितहरु दर्शक सोर्ता माझ ल्याएको उनको भनाई छ । सुरज हाल बैदेशीक रोज़गारीको शीलशीलामा मकाउमा कार्यरत छन ।

केही महीना अघी मात्र कर्ण दास र बानीका प्रधानको स्वरमा बीस्तारै बीस्तारै बोलको रोमान्टीक युगल गीतको भीडीयो आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिसकेका छन । गीतले राम्रै प्रतिकृया पाएको उनको भनाई छ। दर्शक श्रोताको साथ र माया पाए आगामी दिनहरुमा यस्तै सुमधुर गीतहरु पस्कदै जाने सुरजले बताएका छन। 

गीतको लिंक:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved