र्यापर भिटेन साधारण तारेखमा रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 10:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

र्यापर समिर घिसिङ ‘भिटेन’ साधारण तारेखमा रिहा भएका छन्। समाजमा विकृती फैलाउने किसिमको गित गाएको आरोपमा बिहिबार पक्राउ परेका भिटेन आज साधारण तारेखमा रिहा भएका हुन्। 

भिटेनले फेसबुकमा प्रहरीको वर्दी लगाएर लागुपदार्थको सेवन गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । सोही कारण पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेलगत्तै प्रहरीले ‘हामी यस्तै त हो नि ब्रो’ गीतलाई युट्युबबाट हटाउन लगाएको थियो ।  भिटेनलाई बिहीबार महानगरिय अपराध महाशाखाको टोलीले जावलाखेलबाट पक्राउ गरि महानगरिय प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved