राजधानीको गोंगबुस्थित बीजीमलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।
बीएसआएर मुभिज बागलुङको बुधबार कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न ४२६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा ल्याएको हो ।
बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ ।
थ्रिडी प्रविधि र अत्याधुनिक साउण्ड सिष्टम राखिएको छ । दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्नेछन् ।
एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपासका क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए ।