दशैँको बेला अफरै अफरको ब्यापारिक मेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 06:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको अवसर पारेर असोजको पहिलो साता स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ । 

चाड पर्वका बेला सस्तो मूल्यमा स्वदेशी तथा विदेशी सामान खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । इभेन्ट सोलुसनले ‘दशैंको बेला सस्तो मेला’भन्ने नाराका मेला आयोजना गर्न लागेको हो । 

मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन राखिनेछ । 

मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने छन् । ‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला’ भन्ने अर्को नारासहित सञ्चालनहुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिने जनाईएको छ । 

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्ने आयोजकको दाबी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved