दशैँका लागि खसि बोका विक्रि सुरु, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 12:33:38 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँका लागि खसिबोका र च्याङ्ग्राको बिक्रि सुरु भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा उपभोक्तालाई आर्थिक भार नपरोस् भनेर सस्तो दरमा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । विगत वर्षकै निरन्तरता स्वरुप यसवर्षको विक्रि आजबाट सुरु भएको छ । 

जिउँदो खसी बोकाको मूल्य ५५० रुपैयाँ प्रतिकिलो तोकिएको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ तोकिएको छ । कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार जिउँदो खसी बोकाको मूल्य ५६० रुपैयाँ निर्धारण गरिए पनि दशैंमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको हो । च्याङ्ग्राको पनि ७४० रुपैयाँ प्रतिकिलोबाट १ण् रुपैयाँ छुट दिईएको छ । यसवर्ष कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ । 

थापाथलीस्थित कम्पनीको कार्यालयबाट बिक्री सुरु भएको हो । दशैँमा काठमाडौँ उपत्यकामा मात्रै ४० हजार वटा खसि बोकाको माग हुने गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved