ओपोको चाडपर्व अफरमा दर्जन बढी पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 06:21:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड ओपोले चाडपवर्व लक्षित ‘दशैँ र तिहारको अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफर अन्तर्गत विभिन्न उपहार जित्न सकिने छ । 

क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई, सीएमईआई, डीसीकोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्न सकिने छ । 

सहभागि मध्य हरेक चरणमा ५ जनालाई विजेता छनौट गरिने कम्पनीले जनाएको छ । छनौटमा परेका मध्य पहिलो दूई चरणसम्म प्रथम पुरस्कार विजेताले एफ१७ प्रो, द्वितिय पुरस्कार विजेताले ४१एमएम ओपो वाच, तृतीय पुरस्कार विजेताले ओपो एवान के स्मार्ट फोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक एक थान पाउने जनाइएको छ । कम्पनीले पहिलो चरणको अवधि अक्टोबर ८ तारिख देखि २२ तारिखसम्मलाई तोकेको छ । त्यस्तै कम्पनीले दास्रो चरण नोवेम्बर ७ देखि १४ तारिखसम्मको अवधिलाई तोकेको छ ।

तेस्रो चरणको प्रथम पुरस्कार विजेताले ओपो एफ१७प्रो, द्वितिय पुरस्कार विजेताले ओपो एफ१७, तृतीय पुरस्कार विजेताले ओपो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाचौँ पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक एक थान जित्न सक्ने छन् ।

 विजेताहरुको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५का दिन ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत हुने छ ।

क्याम्पेन अवधिभर, लक्कि ड्रमाविजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर पाउने छन् । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जितहात पार्ने अवसर पाउने कम्पनी जनाएको छ ।  अक्टोबर ८ देखि नोवेम्बर १४ तारिखसम्म योजना जारी रहने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved