यस्तो छ ग्यापुको चाडबाड अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 04:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । जस अनुसार हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रुपैयाँ सम्ममा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट भदौ २२ गते देखि २४ गते सम्म लागू हुनेछ । त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैया सम्ममा १० प्रतिशत छुट पाउनेछन् । भदौ २० गते देखि यो छुट २६ गते सम्म लागू हुनेछ । यसैगरी सनराइज बैंकबाट सामान खरिद गरेमा ग्राहकले ३०० रुपैयाँ सम्ममा २० प्रतिशत क्यासब्याक पाउनेछन् । यो छुट भने भदौ २५ गते सम्म लागू हुनेछ ग्यापुको अपरेसन हेड सुरजनी केसीले बताइन् ।

फोन पे मार्फत भुक्तानी गर्दा २ सयको भौचर, एन आइ सि एसियाको कार्ड मार्फत भुक्तानी गर्दा २ सयको भौचर र इ सेवा बाट भुक्तानी गर्दा २ सयको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्ती मार्फत भुक्तानी गर्दा १० जनाले २ सयको टप अप प्राप्त गरिने बताइएको छ ।

विदेशमा रहेका ग्राहकले पनि ग्यापु मार्फत नेपालमा भएका आफ्ना आफन्तलाई  सर्पाइज दिनको लागि उपहार अर्डर गर्नसक्नेछन् र ग्यापुले डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ 'गुलियो खान मनपराउनु हुनेले विभिन्न फ्लेभरको केक, स्वास्थ्यको एकदम ख्याल गर्नुहुने बुवाको लागि स्मार्ट वाच र विभिन्न परिकार बनाएर खान मन पराउनु हुने बुवाको लागि इलेक्ट्रिक फायर ग्यापुको बुवाको मुख हेर्ने दिनको विशेष उपहारको सूचीमा रहेको छ । त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्रान्डका लिक्वेरहरू रहेका छन् । यि मध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरिद गरेको खण्डमा माथि उल्लेखित छुटहरू उपलब्ध हुनेछ ।' 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved