भी.जी. ले ल्यायो ६ लाख सम्मको फाइदा हुने चाडपर्व अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 06:07:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लुएम) को आधिकारीक बिक्रेता भी.जी. इम्पेक्स प्रा.ली.ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा  ६ लाखसम्मको फाइदा हुने अफर ल्याएको छ । 

“चाडपर्वको उमङ्ग Haval र POER चढी दङ्ग” नामक अफर योजना GWM को दुई SUV – 3rd Gen HAVAL H6 र Haval JOLION का साथै pick-up – POER मा उपलब्ध हुनेछ ।  

अफरहरुः

१) नगद छुट

२) १ वर्षको निःशुल्क सडक कर

३) निःशुल्क एसेसेइरिज

४) फाइनान्सको सुविधा

५) १ वर्षको विस्तृत बीमा

सबै Haval गाडीहरुमा ५ वर्षको र Poer गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । 

3rd Gen. HAVAL H6

प्रारम्भिक मूल्य रु. १,०३,९९,९९९

यो गाडी SUV वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५०kw को power र ३२०n.m. को Torque मा उपलब्ध यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ ।

HAVAL JOLION

प्रारम्भिक मूल्य रु.५७,९९,९९९

यो मोडेल पनि चार वटा Variant प्रस्तुत गरिंदै छ । 1.5 लिटरको टर्बो पेट्रोल इन्जिनले ११० km को power र २२० n.m. को Torque ले अधिकतम आउटपुट दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लीयरंस  नेपाली सडकको लागि उचित रहेको छ । 

POER पिक–अप

प्रारम्भिक मूल्य रु.७०,९९,९९९

Pick-up Segment मा पाईलट Variant बजारमा उपलब्ध छ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२०kw को power र ४००N.m. को Torque रहेको यस गाडीमा, हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved