बीओकेका ग्राहकले दराजबाट सामान किन्दा २५ सयसम्म छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 05:18:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

दराजबाट सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २५ सयसम्म छुटको पाईनेछ ।

दशैंलाई लक्षित गरी दराजले असोज १० गतेदेखि दशैँ धमाका योजना ल्याएको हो ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved