चाडपर्वको समयमा हुन सक्ने अपराधमा चनाखो हुन प्रहरी महानिरीक्षकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 05:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दशैँ सहितका चाडपर्वको समयमा हुन सक्ने अपराधका घटना न्यूनिकरणमा चनाखो बन्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । 

प्रहरी प्रधान कार्यालयबाट भिडिओ कन्फ्रेन्समार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई चनाखो भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।

उनले चाडपर्वको समयमा जुवातास तथा मादक पदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाउन र नागरिकलाई उत्साहका साथ चाडपर्व मनाउने वातावरण तयार गर्न सुरक्षा नीति बनाएरै काम गर्नुपर्ने बताएका हुन् । 

उनले सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामूहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न र प्रहरी हेल्प डेस्कलाई क्रियाशील बनाउन पनि निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक थापाले सीमा नाकामा हुने चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर बन्न निर्देशनका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved