सिभिल मलमा सपिङ्ग गर्दा सुजनले जिते अपाचे आरटिआर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 03:39:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्तर्गतको बम्पर उपहार काठमाडौँ बानेश्वरका सुजन लामिछानेले पाएका छन् । 

बम्पर अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक बिजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले साँचो हस्तान्तरण गरेका छन् ।

त्यस्तै बम्पर अन्तर्गत एल जी टिभी रिता थापा र सिजि रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो । नेपाली इ कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहिलो ओटिटि प्लाटफर्म एक्सलट्रीप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न बिजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved