सरकारले दियो खसीबोका र च्याङ्ग्राको मूल्यमा थप छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 07:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज  होस् भन्ने उदेश्यले सरकारले खसीबोका र  च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार साँझ मूल्य घटाएको हो   ।

मन्त्रालयका अनुसार अब जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट खटाएर प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट घटाएर  प्रति किलो १२२५/- कायम गरिएको छ। मन्त्रालयका अनुसार यो छुट शुक्रबारदेखि लागु हुने छ  ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि मङ्गलबारदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिरहेको छ । कम्पनीले  कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved