दशैँमा राष्ट्रपतिले टिका लगाईदिने, मर्यादित पोशाकमा आउँन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 08:36:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बडादशैं, २०८० को अवसरमा राष्ट्रपति रामचन्द पौडेलले इच्छुकहरुलाई टिका लगाईदिने भएका छन् । उनले कात्तिक ७ गते मङ्‌गलबार विजया दशमीका दिन  राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले  इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू,न्यायाधीशहरू, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म टिका लगाईदिने छन् ।

इच्छुक सर्वसाधारणहरूको लागि अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्मको समय तोकिएको राष्ट्रपतिले कार्यालयले जनाएको छ । मर्यादित पोशाक लगाएर प्रवेशद्वारा नम्बर १ बाट प्रवेश गर्न राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved