हरि ढकालको दशैँ 'नवमीसम्म पार्टी कै कार्यक्रममा, दशमीको दिन मात्र परिवारलाई'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 01:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा सदस्य हरि ढकाल चितवनमा दशैँ मनाउँदै छन् । संसद बैठक स्थगित भएपछि उनी आफ्नो गृह जिल्ला चितवन पुगेका हुन् । 

अहिलेको दशैँ गत वर्षको दशैँ भन्दा धेरै फरक भएको उनी बताउछन् । पहिले साथीभाई र परिवारसँग बढी समय विताउने गरेकोमा अहिले भने उनको बधाई समय पार्टीको कार्यक्रममा व्यतित भईरहेको छ ।  आफ्नो निर्वाचन क्षेत्रमा हुने पार्टीका विभिन्न कार्यक्रमहरु, शुभकामना आदानप्रदान कार्यक्रमहरु, अन्य छलफल कार्यक्रम नवमीको दिन सम्म कै रहेको उनी बताउछन् । 

उनका अनुसार आफ्नो र परिवारको लागि टिकाको दिन अर्थात् दशमीको दिन मात्र रहेको छ । अन्य दिन भने पार्टीका कार्यक्रम, क्लबका कार्यक्रम, दशैँ विशेष धार्मिक कार्यक्रम, लगायतका सामाजिक कार्यक्रममा आफु व्यवस्त रहने उनी बताउछन् । 

अहिले किताब पढ्ने समय पनि उपलब्ध नभएको उनी बताउछन् । संघीय सांसदले कानुन निर्माण प्रक्रियासँग सम्बन्धित गर्नु पर्ने अध्ययनहरु बेलुकाको समयमा गर्ने गरेको र यस बाहेक भने अन्य किताब पढ्ने समय उपलब्ध नभएको उनको भनाई छ । 

शेयर बजारका परिचित पात्र ढकाल गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सांसद निर्वाचित भएका हुन् 

बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved