दशैँमा धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्छु, समय मिले साहित्य कोर्छु : फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 02:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल अर्घाखाँचीमा दशैँ मनाउने छन् । अष्टमीको दिन काठमाडौँबाट अर्घाखाँची जाने उनको तयारी छ । 

संयुक्त परिवारमा बस्ने उनी बुबाआमापछिको परिवारका जेष्ठ सदस्य हुन् । परिवार भित्र नै उनले १२ जनालाई टिका लगाईदिने छन् । 

दशैँको अवसर पारेर उनले जिल्लामा रहेका तथा जिल्ला आसपास रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने योजना बनाएका छन् । गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्वारी, घुम्ने योजनामा उनी छन् । परिवार र साथीभाईसँग चाडबाडको रमझममा रम्ने उनी मनाउछन् । 

साहित्यमा रुची राख्ने उनी लेख्न रुचाउने भएकोले समय मिलेमा केही कविता तथा कोर्ने बताउछन् । अध्यात्मिक सोच राख्ने उनी वर्षौ देखि ध्यान साधना समेत गर्दै आएका छन् । उनी नियमित ध्यान गर्ने गरेको र यसले आफुलाई विशेष आनन्द आउने बताउछन् । आफ्नो घरबाट  धौलागिरी लगायतका हिम शृंखलाहरु देखिने भएकोले, डाँडाकाँडा तथा हिमालका रमणीय दृश्य नियालेर आनन्द लिने उनको भनाई छ ।वर्षौ देखि नेभेटिएका साथीभाईहरुसँग पनि दशैँमै भेटघाट  हुने भएकोले त्यसको लागि पनि समय छुट्याउने उनी बताउछन् ।

दशैँपछि पुर्णिमाको एक दुई दिनपछि काठमाडौँ फर्कने उनको योजना छ । 


बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved