भारतीय सयपत्री फूलको माला आयातमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 02:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । सबैभन्दा बढी माला तथा फूल खपत हुने चाड तिहारमा आन्तरिक उत्पादनले नै माग माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाइएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गतको पुष्प विकास केन्द्र गोदावरीले एक सूचना जारी गर्दै स्वदेशी उत्पादनले नै तिहारको लागि माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाएको हो । केन्द्रले जारी गरेको सूचनामा अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने उल्लेख छ ।

पुष्प विकास केन्द्रका अनुसार हाललाई भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य पनि बन्द गरिएको छ । इजाजतपत्र नलिई माला आयात गरेको पाइएमा कारबाही हुने पनि जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved