४५ करोडको झिलिमिली बत्ती आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 05:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात भएको छ । गत वर्षको तिहारमा ४० करोडको मात्रै झिलिमिलि बत्ती आयात भएकोमा यसपाली ५ करोडले बढेको हो । 

शहर बजारका ठूला महलदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । देश लोडसेडिङमुक्त भएपछि घर, कार्यालय, पसल सबैतिर विद्युतीय झलिमिलि बत्ती बाल्ने प्रचलन बढेको हो । 

व्यवसायीहरुका अनुसार वर्षभरी हुने झिलिमिली बत्तीको कारोबारमध्ये ८० देखि ८५ प्रतिशत कारोबार तिहारका बेला मात्रै हुने गर्दछ । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार आर्थिक मन्दीका कारण मानिसहरुले नयाँ झिमिमिली बत्ती किन्ने मनशाय बनाएको पाइएको छैन । कोभिड अगाडीका वर्षहरुमा धनतेरस भन्दा अघिल्ला दिनबाटै झिलिमिली बत्ती किन्नेको भिड हुने गरेको भएपनि यसवर्ष त्यस्तो मोहोल नदेखिएको व्यवसायीहरु बताउँछन् । 

व्यवसायीहरुले चीन, भारत, अष्ट्रेलिया लगायतका देशबाट यस्ता बत्ती ल्याउने गर्दछन् । विभिन्न देशबाट आयात हुने गरेपनि कुल आयातको ८० प्रतिशत भने चीनबाटै आउने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved