
समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त भएका छन् । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम बर्तौला सञ्चालकमा नियुक्त भएका हुन् ।
संस्थापक शेयरधनी पद्मोदय प्राइभेटको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
पद्मोदय प्राइभेटले प्रतिनिधी संचालक राम कुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरी पठाएको जनाइएको छ । अध्यक्ष ठाकुर प्रसाद भट्टराइ समक्ष नव नियुक्त सञ्चालकले सपथ ग्रहण समेत गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।