पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 05:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्स लिमिटेडले आज आफ्नो २७ औ वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर संचालित राष्ट्रिय स्तरको पोखरा फाईनान्स लिमिटेड नेपाल अधिराज्यभर सञ्चालित फाईनान्सहरु मध्ये पुरानो र स्थापित फाईनान्समा पर्दछ ।

२७ औ वार्षिकोत्सवको अवसरमा फाईनान्सले आज बिहान प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।

२७ औ वर्षसम्म आईपुग्दा फाईनान्सले ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको बताएको छ ।

वित्तीय संस्थाको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेको छ । जारी तथा चुक्ता पुँजी १ अर्व ८ करोड रहेको छ । यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन्।

संस्थाको २७ औ वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्ने सम्पुर्ण आदरणीय ग्राहक महानुभावहरु, शेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति फाईनान्सका अध्यक्ष राजकुमार गुरूङले कृतज्ञता व्यक्त गरेका छन्। त्यसैगरी आगामी दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न फाईनान्स तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved