बिदामा बसेका ३० भन्दा बढी कर्मचारीलाई विमान कम्पनीले गर्‍यो बर्खास्त, कयौं उडान अझै रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 12:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank


भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई बर्खास्त गरेको छ ।

हालसम्म विमान कम्पनीले ३० भन्दा बढी बरिष्ठ कर्मचारीलाई निष्कासन गरेको बताइएको छ । अत्यावश्यक सेवामा नियतबश हड्ताल गरेको भन्दै सो विमान कम्पनीले कर्मचारीहरु प्रति कडा व्यवहार अपनाएको छ ।

जसअनुरुप कर्मचारीहरु बर्खास्तमा परेका हुन् । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका सिनियर क्रुसहित १०० भन्दा बढी कर्मचारीले सांकेतिक विरोध जनाउँदै अचानक बिरामी बिदा लिंदा मंगलबार र बुधबार ९० भन्दा बढी उडान रद्द भएका थिए । बिहीबार पनि ७४ वटा उडान रद्द भएका छन् ।

कर्मचारीले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्द गर्नुपरेको थियो । यसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्स एकापसमा विलय हुन लागेका छन् । जसका कारण दुवै एयरलाइन्सका कर्मचारीहरू आफ्नो जागिर धरापमा पर्न लागेको भन्दै असन्तुष्ट छन् । 

टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया एक्सप्रेसका सिनियर केबिन क्रूले  एकै  साथ सामुहिक विदा लिएपछि अन्तरराष्ट्रिय र घरेलु उडानहरु रद्द छन् ।  जसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ । विमान कम्पनीले उडान कटौती मे १४ सम्म जारी रहन सक्ने उल्लेख गरेका छन् ।

भारतीय समाचार एजेन्सीका अनुसार उडान रद्द हुँदा करिब १५ हजार यात्रु प्रभावित भएका थिए ।  केबिन क्रुको अभावका कारण भारतबाट खाडी मुलुक जाने धेरै उडान रद्द छन् । एयर इन्डिया एक्सप्रेसले घरेलु र अन्तरराष्ट्रिय रूटमा करिब ३६० ओटा उडान सञ्चालन गर्छ ।एयर इन्डिया एक्सप्रेसको केबिन क्रूको कर्मचारी सङ्गठनले कम्पनीमाथि कुव्यवस्थापन र असमान व्यवहार गरेको आरोप लगाएको छ । 

यसैबीच, सरकारले पनि यसबारेमा  विमान कम्पनीसँग स्पष्टीकरण मागेको छ । साथै सरकारले  यस्तो खालको विवाद तुरुन्त समाधान गर्न पनि भनेको छ । एजेन्सी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved