कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गरिने मुनाफा तय गरेको छ । कर्मचारी सञ्चय कोषको सञ्चालक समितिले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई प्रदान गरिने मुनाफा तय गरेको हो ।
जस अनुसार कोषले आर्थिक वर्ष २०७९/८० को सञ्चय कोष तथा निवृत्तभरण कोष व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० (एक दशमलब एक शुन्य) प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गर्ने जनाएको छ।