सामाजिक सुरक्षा कोषको लगानी ८४ अर्ब, थोरै लगानी गरिएको म्युचुअल फण्डबाट धेरै प्रतिफल अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 04:03:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सूरक्षा कोषले हालसम्म ८४ अर्ब बढी रकम लगानी गरेको छ । कोषले विभिन्न ७ शिर्षकमा ८४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ लगानी गरेको हो । 

यसरी गरेको लगानीमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । कोषले कुल लगानीको ७९.२५ प्रतिशत मुद्दती निक्षेपमा लगानी गरेको जनाएको छ । मुद्दत्ती निक्षेपमा कोषले हालसम्म ६६ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ लगानी गरेको हो । 

त्यसैगरी नेपाल राष्ट्र बैंकको ट्रेजरी बिल्स र डिवेन्चरमा क्रमशः ९.७३ र ४.२१ प्रतिशत लगानी गरेको छ । ट्रेजरी बिल्समा ८ अर्ब २१ करोड ४३ लाख लगानी गरेको कोषले डिवेन्चरमा ३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । 

यस्तै, योगदान कर्तालाई २.३९ प्रतिशत कर्जामा प्रवाह गरेको छ । यस्तो कर्जा हालसम्म २ अर्ब २ करोड १६ लाख रुपैयाँ प्रवाह गरेको छ । कोषले राष्ट्र बैंकको विकास बण्डमा २.३५ प्रतिशत अर्थात १ अर्ब ९८ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै कल खातामा १.७ प्रतिशत लगानी गरेको कोष जनाएको छ । कोषले कल खातामा १ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । 

कोषले सबैभन्दा थोरै म्युचुअल फण्डमा ०.३७ प्रतिशत लगानी गरेको छ । कोषले म्युचुअल फण्डमा ३१ करोड रुपैयाँ लगानी गरेको छ । 

प्रतिफल

प्रतिफलका हिसाबले कोषले सबैभन्दा धेरै प्रतिफल म्युचुअल फण्डबाट हुने अनुमान गरेको छ । म्युचुअल फण्डले कोषलाई १० प्रतिशत प्रतिफल दिने अनुमान कोषले गरेको छ । यसैगरी, डिबेन्चरबाट ९.६८ प्रतिशत, ट्रेजरीबाट ९.६४ प्रतिशत, कर्जा प्रवाहबाट ९.१० र मुद्दतीबाट ९.०८ प्रतिशत प्रतिफल कोषले पाउँछ । यसैगरी, विकास बोण्डबाट ८.९७ प्रतिशत, र कल खाताबाट २.५१ प्रतिशत ब्याज पाउने कोषले जनाएको छ । 

अन्य क्षेत्रमा लगानी

कोषले अन्य क्षेत्रमा पनि लगानी गर्ने तयारी थालेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । जसकालागि कोषले एचआइडिसिएलसँग सम्झौता गरेको छ । तर, कुन आयोजनामा कति लगानी गर्ने भन्ने टुङ्गो भइनसकेको उनको भनाई छ । 

त्यसैगरी अन्य आयोजनाहरुले पनि लगानीका लागि कोषलाई आह्वान गरिरहेको जनाइएको छ । पछिल्लो समय बुढिगण्डकी जलविद्युत आयोजनाले पनि लगनीका लागि आग्रह गरेको अधिकारीले बताए । 

कोषले जोखिम र प्रतिफललाई ध्यान दिएर लगानी गर्ने उनले जनाए । कोषले भुक्तानी पनि दिने गरेकाले तरलता पनि संञ्चित राख्ने गरेको उनले जनाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved