
ईटीडीएस गर्दै हुनुहुन्छ । भौचर रिकन्साइल भएन? पटक पटक सब्मिट गर्दा पनि
रिकन्साइल नभएर हैरान हुनुभयो? रेकर्ड भेरिफाई भएन? यी कुरामा ध्यान दिनुहोस् ।
तपाईंको समस्या नदोहोरिने पक्का छ ।
भौचर रिकन्साइल (Reconcile) भनेको के हो?
तपाईंले बुझाउनुपर्ने TDS रकम भौचर भरी बैंक
खातामा डिपोजिट गर्नुहुन्छ । बैंकले त्यो भौचरको विवरण Revenue Information Management System (RMIS) मा इन्ट्री गर्छ । RMIS सर्भरले त्यो विवरण
आन्तरिक राजस्व विभागको Integrated Tax System (ITS) पठाउँछ । बैंकमार्फत RMIS सर्भर हुँदै ITS मा रहने डाटासँग
तपाईंले ईटीडीएस गर्दा भरेको विवरणसँग मिल्नुपर्दछ । त्यो विवरण दुरुस्त मिल्यो
भने सर्भरले स्वीकार (Accept) गर्छ । लेखाको भाषामा दुईवटा फरक फरक सेटमा भएको हिसाब
विवरण मिल्नुलाई रिकन्साइल हुनु भनिन्छ । अर्थात्, राजस्वको कम्प्युटर सिस्टममा
भएको डाटासँग तपाईंले इन्ट्री गरेको विवरण मिल्नु नै रिकन्साइल हुनु हो ।
भौचर रिकन्साइल नहुने कारण
राजस्व तिरेको भौचरको विवरण बैंकमार्फत इन्ट्री भएको विवरणसँग मिलेन भने भौचर
रिकन्साइल हुँदैन । यसका कारणहरु निम्न छ ।
१.
राजस्व शीर्षक फरक पर्नुः उदाहरणको लागि ११११२ (पारिश्रमिक कर) को
सट्टा गल्तीवश १११२१ (सरकारी निकायको मुनाफामा लाग्ने कर) हुँदा भौचर रिकन्साइल हुँदैन ।
२.
यौटा राजस्व कार्यालयको बैंक खाता नम्बर लेखिनुपर्नेमा
अर्को खाता नम्बरमा राजस्व जम्मा भएको खण्डमा ।
३.
यौटा कार्यालय कोडमा जम्मा गर्नुपर्ने रकम अर्को कार्यालयको
कोडमा जम्मा भएमा ।
४.
एक आर्थिक वर्षको रकम अर्को आर्थिक वर्षमा जम्मा भएमा ।
५. टीडीएस विवरण भर्दा कारोबार मिति (बैंकले उल्लेख गरेको मिति) को सट्टा भौचर भरेको मिति इन्ट्री भएमा ।
यसअघि: