कहाँ गयो लोकल रक्सी सरहका गोर्खा ब्रुअरीको ४ लाख कार्टुन वियर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 12:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले खराबी भेटिएका आफ्ना उत्पादन के गर्यो ? यो प्रश्न अहिले आम सर्वसाधारणले समेत खोजी गर्न थालेका छन् । अन्तःशुल्क र करमा चेपिएका साना तथा मझौला व्यवसायीहरुले ठूलो व्यवसायिक घरानाको प्रतिष्ठित कम्पनी भएको हुनाले गोर्खा ब्रुअरीलाई छुट दिने खेल पो भईरहेको छ कि भन्ने आशंका पनि गरेका छन् ।

२०७७ असोजमै गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सनमिगल वियर गुणस्तरहीन भेटिएपछि यी वियर के गर्यो, बजार पठायो कि पठाएन, नष्ट गर्यो कि गरेन भन्ने सर्वसाधारणको समेत जिज्ञासा छ ।

गोर्खाका उत्पादनमा खराबी भेटिएपछि २०७७ कार्तिक १ गते नै आन्तरिक राजस्व विभागले गोदाम नै सिल गरेको थियो । ४ लाख ३७ हजार बक्स वियर भण्डारण गरिएको नवलपरासीस्थित गोदाम सिल गर्दै विभागले ‘गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सनमिगल वियर लोकल रक्सी सरह भएको’ जनाएको थियो ।

के गर्यो लोकल रक्सी सरहका वियर 

कमजोर गुणस्तरको रक्सीले तिनुपर्ने बराबरको अन्तःशुल्क तिरेपछि मात्रै सिल खोलिने आन्तरिक राजस्व विभागले जनाएको थियो । तर, अहिलेसम्म गोर्खा ब्रुअरीले विभागले तोकेको अतिरिक्त अन्तःशुल्क तिरेको छैन । कम्पनीले अतिरिक्त अन्तःशुल्कवापत ९० करोड ३२ लाख ७९ हजार रुपैयाँ गरी कुल १ अर्ब ४६ करोड ५६ लाख ९८ हजार रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने थियो । 

यसअघिः
खेतान समूहको गोर्खा ब्रुअरीले सरकारलाई तिरेन ९० करोड ३२ लाख अन्तःशुल्क

‘खराबी भेटिएका उत्पादन बजार नपठाउने भनेर अतिरिक्त अन्तःशुल्क तिरेन, अहिले पनि गुणस्तर कम भएका वियर स्टककै रुपमा छन्’ विभागका सूचना अधिकारी अर्जुन ढकालले भने ।

अब डिस्पोज

उत्पादन मितिले वियर अधिकतम ९ महिनासम्म मात्रै पिउन योग्य हुने भएपनि २०७७ भदौमा उत्पादन भएका वियर अझै स्टकमा राखिएको खुलेको हो । 

‘वियर भनेको ९ महिना आयु हुने चिज हो, ९ महिनाभित्र खपत भईसकेन भने डिस्पोज गर्नुपर्ने हुन्छ’ विभागका सूचना अधिकारी ढकाल भन्छन्, ‘अब गोर्खा ब्रुअरीका स्टकमै रहेका यी ४ लाख कार्टुन वियर डिस्पोजमै जान्छ, यसको बजार जाने आयु सकिसक्यो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved