सुन आयातको कोटा बढ्यो, अब एक दिनमा कति ल्याउन पाइन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 05:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन आयातको कोटा बढाईएको छ । राष्ट्र बैंकले हाल दैनिक १० किलोको दरले आयात हुँदै आएको सुनको कोटालाई बढाएर २० किलो बनाएको हो ।

व्यवसायीहरुले बजारको माग धान्न मुस्किल पर्दै गएको भन्दै गुनासो गरेपछि राष्ट्र बैंकले कोटा बढाएको छ । बजारमा काँचो सुनको माग बढेपछि माग अनुसार आपुर्ति नभएको भन्दै व्यवसायीले पटक पटक गुनासो गरेपछि अर्थमन्त्री विष्णु पौडेल यस विषयमा सकारात्मक देखिएका थिए । 

व्यसायीहरुको माग अनुसार सुन आयातको कोटा बढाउने निर्णय भएकाले यो निर्णयको आफूहरुले स्वागत गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्यले बताए । आफूले दैनिक ३० किलो आयात गर्न पाउनुपर्ने माग गरेपनि राष्ट्र बैंकले तत्कालका लागि २० किलो सुन ल्याउन दिने नियम बनाउनुपनि सकारात्मक भएको उनको भनाई छ । 

लकडाउनपछि विभिन्न देशबाट आयात हुने बस्तु तथा सेवाको दर बढिरहेको र रेमिट्यान्समा हुन सक्ने गिरावटलाई ध्यानमा राखेर सुन आयातको कोटा बढाईएको राष्ट्रको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved