सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 10:51:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार १ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेर ९२ हजार ६ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलाको १२ सय ६० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved