आज पनि सस्तियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 11:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढे। प्रतितोला १ हजार १८० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved