तोलामा ४ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 10:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ३ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७७ हजार ९३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved