तोलामा ५ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 10:46:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७७ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved