तोलामा १२ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 10:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १२ सय रुपैयाँले नै बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved