सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 10:31:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा नै स्थिर छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ७ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ३ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०१ रुपैयाँ १० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved