सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 10:36:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ सय रुपैयाँमा आइपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८६ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved