तोलामा १३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 02:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा १ हजार ३ सय नै घटेर प्रति तोला १ लाख ३ हजार १ सयमा कारोबार भइरहेको छ । 

आज चाँदीको मुल्य ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ८ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ३ सय ९० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved