सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 10:50:22 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला  एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार १८० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved