स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीचको वार्ता सकारात्मक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2017 | 08:55:11 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीचको वार्ता सहमति नजिक पुगेको छ। असोज ७ गते शनिबार बेलुका भएको वार्ता सकारात्मक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

असोज २ गतेको मन्त्रिपरिषद्को बैठक पश्चात यो सबै घटना भएको भन्दै चिकित्सकहरुको छाता संगठन चिकित्सक संघले मन्त्रिपरिषदबाटै आफ्ना माग सम्बन्धमा प्रतिबद्धता आउनु पर्ने अडान लिंदै आएको छ। स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले संघका माग मन्त्रिपरिषदबाटै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकाले वार्ता सकारात्मक भएको संघका अधिकारीले बताएका छन। 

स्वास्थ्यमन्त्री पोखरेलले आफ्नै पहलमा कार्याबाहक प्रधानमन्त्रीसँग ऐन सशोंधनको विषयमा लिखित प्रतिबद्धता माग्ने सहमति जनाउने संघसंग बिश्वाश दिलाएका छन। 'भोलि कार्यबाहक प्रधानमन्त्रीसंग ऐन सशोंधनको विषयमा लिखित प्रतिबद्धता माग्ने सहमति कार्यन्वयन भएसंगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिने भएको छ' याेजना महाशाखा प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्री कृष्णा गिरिले बिजपाटी डटकमलाई बताएका छन।  

संघको अर्को माग ‘जेल विथआउट बेल’ (अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपाल गर्नेलाई धरौटी बिनै जेल चलान गर्नुपर्ने) विषयमा स्वास्थ्यमन्त्री पोखरेलले ऐन शंसोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान सहमत भएका छन। उक्त प्रस्ताब पारित भए पश्चात अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपाल गर्ने व्यक्ति मुद्दाको किनारा नलागेसम्म जेल बस्नुपर्ने हुन्छ।  

सरकार र चिकित्सक संघको 'जुहारी' ले सर्वसाधारण मारमा, समाधानको बाटो के ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved