छालाको सुरक्षा कसरी गर्ने ? सौन्दर्यविज्ञ भट्टराईकाे टिप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 02:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank
सौन्दर्यविज्ञ नारायण भट्टराई 


के हो छाला ?
९० प्रतिशत भन्दा बढी कोलाजीन प्रोटिनले बन्ने यो अंग शरिरको सबैभन्दा ठूलो ग्रन्थी हो । जसलाई बनोटको दृष्टिले ढर्मीस र इपीढर्मीस गरी दुई भागमा वर्गीकरण गरिन्छ । 

कम उमेर मै छाला चाउरी पर्ने समस्या, कारण र निदान
मानव शरिरको प्रत्यक्ष सौन्दर्यतासँग जोडिएकोले पनि छालाको हेरचाहा वैज्ञानिक तरिकाले गरिनु अपरिहार्य छ । 

किन चाउरी पर्छ त छाला ?
बुढ्यौलीपनासँगै छालामा पर्ने चाउरीपना त स्वभाविकनै हो तर कम उमेरमा पनि यो समस्या देखिनु भनेको विभिन्न स्वास्थ्य समस्यासँग प्रत्यक्ष जोडिएको हुन्छ । शरिरमा पर्याप्त पानीको कमी, पोषक तत्वको कमी भिटामिन ए, सी र प्रोटिनको कामी मानसिक तनाव, अध्याधिक चुरोटको सेवन, थाइरोइड हर्मोनको उतारचढाव लगायतले छालामा समस्या देखा पर्दछ ।

कम उमेरमै छाला चाउरी पर्नबाट रोक्न के गर्ने ?
वास्तवमा हामीले अपनाउने जीवन शैलीमा परिवर्तन गर्नु नै समस्याको निदान हो । 

कस्ता खानेकुराहरु छालाका निम्ति उपयुक्त मानिन्छन् ?
स्वस्थ छालाका निम्ति मुख्य रुपमा मेवा, गाजर, कागती, अमला, काक्रो, खर्बुजा जस्ता भिटामिन ए र सी साथै मिनरल्सयुक्त खानाहरु नै सेवन गर्नु राम्रो हुन्छ । त्यस्तै गेडागुडी, माछा र मासु जस्ता प्रोटिनयुक्त खानेकुराहरु पनि छालाको निम्ति अपरिहार्य छन् । 

स्वस्थ छालाको लागि कुन क्रिम उपयुक्त छ त ?
सर्सर्ती हेर्दा सुख्खा छालाको लागि मोइष्टराइजरको अधिकतम प्रयोग गर्नु पर्दछ । यसमा ओइल बेस  मोइष्टराइजरको छनौट गरेमा राम्रो मानिन्छ भने औली छालामा छिटो सुक्ने खालको  मोइष्टराइजर प्रयोग गर्नु पर्दछ । तथा धेरै मोइष्टराइजर प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । आजकाल बजारमा पाइने क्रिमहरुले मानव शरिरको छालामा गम्भीर समस्याहरु देखाईरहेका छन् । त्यसकारण क्रिमको प्रयोग गर्नु पूर्व हामीले आफ्नो छालासँग मिल्ने अनि अवश्यकता अनुसारको छनौट गर्नु पर्दछ । अन्यथा हामीसँग पछुताउने बाहेक अर्को विकल्प रहँदैन । 

प्राकृतिक रुपमा पनि छालालाई चाउरीपना हुनबाट बचाउन सकिने हामीसँग धेरै उपायहरु छन्– जस्तै आधा हरियो काँक्रोको टुक्रालाई कागती पानीमा एक रात भिजाएर हप्तामा एक पटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी हुनबाट बचाउन सकिन्छ । चाउरी सकेको छालालाई पाकेको (पहेँलो) काँक्रोलाई एक इन्चका टुक्राहरु बनाएर कागती, घिउ (चिउरीको) बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर हप्तामा २ पटक ४५–६० मिनेट प्रभावित क्षेत्रमा राखेर ३–४ महिनाको उपचार गरेमा चाउरिएको छाला राम्रो भएर आउँदछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved