कोभिड र नन कोभिडलाई एकै अस्पतालमा राख्ने निर्णय सच्याउन डाक्टरहरुको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 07:32:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघले कोरोना संक्रमित भएका र नभएका बिरामीलाई एउटै अस्पतालमा नराख्न आग्रह गरेको छनिजी तथा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय सरकारले गरेसँगै संघले यस्तो आग्रह गरेको हो 

संक्रमित भएका र नभएका बिरामीलाई एकै आस्पतालमा राख्दा देशभरका स्वास्थ्य संस्था संक्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो । संघले संक्रमित भएका बिरामीहरुका लागि छुट्टै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि नन-कोभिड अस्पताल छुट्याउन सरकारसंग आग्रह गरेको छ । 

संघले आज एक बिज्ञप्ति जारि गर्दै कोभिड र नन-कोभिडका बिरामीका लागि छुट्याएर उपचार गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भारसमेत पर्न जाने उल्लेख गरेको छ ।

 साथै संक्रमित भएका र नभएकालाई एकै स्वास्थ्य संस्थामा राख्दा उपचारमा संलग्‍न हुने सक्षम जनशक्तिकै अभाव भएर भयावह स्थिति सिर्जना चेतावनी समेत संघले दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved