पहिलो दिन ९ हजार बढीले कोरोनाको खोप लगाए, कहाँ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 06:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना बिरुद्दको खोप अभियान सुरु भएको आज पहिलो दिनमा ९ हजार बढीले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्ममा ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जनाले खोप लगाएका हुन् । 

जस अनुसार प्रदेश १ मा १२५५ जना, प्रदेश २ मा ७२६ जना, बागमतीमा २ हजार ६ सय ९४ जना, गण्डकीमा १८ सय ४३ जना, लुम्बिनीमा ७३३ जना, कर्णालीमा ७ सय ५१ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन् । मन्त्रालयले खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गरेका थिए । ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । 

खोप अभियानको शुभारम्भसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको हो ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

पहिलो चरणको खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई लगाइनेछ । 

पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

यो पनि : नेपालमा लगाउन थालिएको कोरोनाको खोपबारे सबैले जान्ने पर्ने १७ तथ्य


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved