८ लाख डोज चिनियाँ खोप आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 10:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले उपलब्ध गराएको ८ लाख डोज कोरोना विरुद्दको खोप काठमाडौं आइपुगेको छ । बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमार्फत ल्याइएको ८ लाख डोज भेरासेल खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् । 

सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई आपतकालीन प्रयोगको अनुमति दिईसकिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिन बाँकी रहेको यो खोप डब्ल्यूएचओको अनुमतिपछि मात्रै प्रयोग गरिनेछ । 

यो खोप दुई मात्रा लगाउनुपर्ने भएकाले ४ लाख मानिसलाई लगाउन पुग्ने छ । यो खोप किन्दा कोभिसिल्ड भन्दा महंगो पर्ने भएपछि नेपालले अनुदानमा दिएको स्वीकार गर्ने तर थप खोप भने नकिन्ने रणनीति लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved